कांग्रेसका पूर्वसांसद सवार जीप दुर्घटना, भण्डारीको मृत्यु
तम्घास । गुल्मीमा जिप दुर्घटना हुँदा कांग्रेसका पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले पुष्टि गरे ।
धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए ।
अर्का मृतकको भने पहिचान खुलेको छैन । जिप दर्लिनबाट सदरमुकाम तम्घास जाँदै थियो । जिपमा १० जना सवार थिए ।
जिप बाग्लुङको सिमानामा करिब २ सय मिटर तल खसेको छ । घाइतेहरुलाई सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार गर्न लगिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत