सेनाका पूर्वजर्नेलको घरमा मिनी क्यासिनो, ‘डन’हरूको जमघट

ललितपुर । राजधानीमा प्रहरीकै सेटिङमा ठाउँ–ठाउँमा मिनी क्यासिनो चल्न थालेका छन् । नेपाली सेनाका पूर्व जर्नेल होमकुमार लावतीले आफ्नै घरलाई जुवाको अडखा अर्थात ‘मिनी क्यासिनो’ बनाएर चलाएका छन् ।

लावतीले ललितपुरस्थित आफ्नै निवासमा नाम चलेका व्यापारी, राजनीतिक दलका नेता र स्थानीय गुण्डाहरूलाई राखेर अवैध जुवा खेलाउने गरेको प्रहरी स्रोत नै बताउँछ ।

नेपाली सेनामा कार्यरत रहेका बेला पनि लावतीले जुवा खेलाउँदै आएका थिए, जुन बेला पनि उनी विवादमा परेका थिए । पूर्व जर्नेल लावतीले ललितपुरको सातदोबाटो र धापासीहाईटमा दिनहुँ जसो जुवा, तास र कौडा खेलाउने गर्छन् । लावतीका कारण एक दर्जन व्यक्तिको घरबार बिग्रिएको छ ।

प्रहरीसँग सेटिङ मिलाएका लावतीले एक हजार प्वाइन्टमा म्यारिज खेलाउँछन् । जुवा खेलाएवापत उनले केही निश्चित रकम लिन्छन् । जुवामा हार्नेहरूलाई लावतीले कागज गरेर मिटर व्याजमा पैसा ऋणमा पनि लगाउने गरेको एक जुवाडे बताउँछन् ।

विशेष गरेर पूर्व जर्नेल लावतीले शनिबारको दिन भने कौडा खेलाउने ति जुवाडे बताउँछन् । पूर्व जर्नेल लावतीले अवैध रुपमा जुवा खेलाउँछन् भन्ने जानकारी ललितपुर प्रहरीलाई पनि छ ।

तर पनि ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्र धानुकले लावतीको दुई वटा जुवा अखडामा छापा मार्न हिम्मत गरेका छैनन् । ललितपुर परिसरको नाममा पनि मासिक रुपमा पैसा जाने गरेको स्रोतले बतायो ।

जुवाडेलाई मिटरव्याजमा पैसा दिएर लावतीले धेरैको जग्गा र घर खाइदिएका छन् । लिम्बु माइला, लण्डन गेस्ट हाउसका मालिक ललितपुर महालक्ष्मीस्थानका शिव राईको जग्गा पूर्व जर्नेल लावतीले मिटरव्याजकै कारण कब्जा गरिदिएको उनीहरुले बताउने गरेका छन् । जगा पास गरेर दिनेहरूमा लिम्बू माईला, गोकुल बस्नेत र सञ्जीव थापा हुन् ।

लावतीले जुवाको अखडाको सुरक्षाका लागि पाटनका टोले गुण्डाहरूलाई पालेर समेत राखेका छन् । लावतीले महिनावारी तलब दिएर १० जनाभन्दा बढी टोले गुण्डाहरू पालेर राखेको स्रोतले जनाएको छ ।

जुवाबाट कमाएको पैसाबाट जुवाडे सचिन महर्जन चार पटक युरोप घुम्न गइसकेका छन् । लावतीको जुवाको अखडामा नेपाली कांग्रेसका पूर्व सांसद तथा काभ्रेका नेता तीर्थ लामा, पूर्वसांसद एवम् करातेका खेलाडी मोहनकुमार राई, विष्णु लामालगायतकाहरू खेल्न आउने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

Published : Thursday, 2019 April 11, 9:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया