कम्युनिस्टहरूसँग लड्न कांग्रेस एक हुनु पर्छः दीपक गिरी
लमजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीभित्रको विवाद मिलाएर एकताबद्ध भई जानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस लमजुङको जिल्ला सम्मेलनलाई मंगलबार बेशिशहरमा सम्बोधन गर्दै नेता गिरीले पार्टीभित्रको विवाद पहिला मिलाउनुपर्ने बताए । उनले शीर्ष नेताहरूले एउटै माला लगाउँदैमा वा हात मिलाउँदैमा विवाद समाधान नहुने बताए ।
पार्टीभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले विशेष पहल गर्नुपर्ने नेता गिरीको भनाइ छ । ‘सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले हात मिलाउँदैमा वा एउटै माला लगाउँदैमा विवाद समाधान हुँदैन’, उनले भने, ‘विवाद मिलाउनका लागि स्वच्छ मन हुनुपर्छ । सबैलाई मिलाएर लैजानुपर्छ ।’
मुलुकमा कम्युनिस्टहरूको अधिनायकवाद शुरु भएका बेला कांग्रेस एक जुट भएर जानुपर्ने उनले बताए । ‘कम्युनिस्टहरूको दुई तिहाइको सरकार छ’, नेता गिरीले भने, ‘पार्टीभित्रको विवाद मिलाएर हामीहरू एकजुट भएर जाने बेला आएको छ ।’
कांग्रेस नेता गिरीले कम्युनिस्ट सरकारबाट हुने कुनै पनि खालको अधिनायकवादको विरोध हुने बताए । उनले संविधान र अभिव्यक्ति स्वतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधिलाई कांग्रेसले नमान्ने बताए ।
कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले कम्युनिस्टहरू उत्साहित भएको उनले बताए । नेता गिरीले कम्युनिस्टहरूसँग जनता आजित भएको अवस्थामा कांग्रेसले आफूलाई बिकल्पको रुपमा अगाडि बढाउँदै जानुपर्ने बताए ।
कांग्रेस पार्टीभित्र ठूला नेताहरूमा एकता भएको गाउँका कार्यकर्ताले हेर्न चाहेको समेत उनले बताए । ‘नेताहरू मिलुन् भन्ने इच्छा गाउँका कार्यकर्ताको छ’, गिरीले भने, ‘नेताहरूमा सधै केही न केही विवाद भइरहेको हुन्छ । यसलाई अब जरैबाट निर्मुल पार्नुपर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत