प्रदेश २ मा चर्कियो चीन विरोधी प्रदर्शन, राजविराजमा नारावाजी

राजबिराज । चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै राजबिराजमा प्रदर्शन भएको छ ।

स्थानीय युवा, विद्यार्थी, किसान र नागरिक समाजका अगुवाहरूले सोमबार चिनियाँ परियोजना संचालन नगर्न भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले चीनको ऋण नलिन दवाव दिनका लागि प्रदर्शन गरेको जनाएका छन् ।

प्रदर्शनकारीले प्रदेश २ को सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै विरोध गरे । उनीहरूले गाई ल्याइए आफूहरू चरणबद्व आन्दोलनमा उत्रने बताएका छन् ।

राजबिराजको शिव मन्दिरबाट शुरु भएको र्‍यालीले नगरका बिभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै स्थानीय किसानका नेता विषेश्वर दास, युवा नेता दिनेशकुमार शर्मा, सोनु दास, विद्यार्थी नेता महेशकुमार यादव, नागरिक समाजका अगुवा इन्द्रदेव यादव, श्रवणकुमार दास, नरेशकुमार यादव लगायतले चीनसँग ऋण लिने कार्य रोक्न संघीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

युवा, विद्यार्थी र किसानको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवम् कोण सभा सम्पन भएको थियो ।

Published : Tuesday, 2019 April 9, 8:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया