ओलीजीको रेल र पानीजहाजले हावा खायोः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीमाथि अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्न नसकेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला ओखलढुंगामा मंगलबार आयोजित कार्यक्रमहरूमा खतिवडाले सबैभन्दा धेरै जोड रहेको ओली सरकारको रेल र पानीजहाजमा अन्तर्राष्ट्रिय समुदायले लगानी गर्न नचाहेको बताए ।

नेपाली जनतालाई रेल र पानीजहाज भन्दा पनि पिउने पानी र सिचाइँको आवश्यक्ता रहेको उनले बताए । जनताले ओलीजीको रेलभन्दा पहाडी क्षेत्रहरूमा राम्रा सडकहरू खोजेको नेता खतिवडाले बताए । लगानी सम्मेलनले ओलीजीको रेल र पानीजहाजले हावा खाएको उनले बताए ।

‘प्रधानमन्त्री ओलीजीले लगानी सम्मेलन गर्नुभयो । उहाँले पटक पटक रेल र पानीजहाजको कुरा गर्नुभएको थियो’, उनले भने, ‘सम्मेलनमा ओलीजीको पानीजहाज र रेलले अन्तर्राष्ट्रिय लगानी पाएन । यो भनेको ओलीमाथिको ठूलो अविश्वास हो ।’ ओलीले चाहना राखेका कुनै पनि कार्यक्रममा उचित लगानी जुट्न नसकेको उनले बताए ।

लगानी सम्मेलनले ओलीका ठूला परियोजनामा अन्तर्राष्ट्रिय समुदायले लगानी गर्न अनिच्छा देखाएर कम्युनिस्ट सरकारमाथि ठूलो व्याङ्ग्य र अविश्वास गरेको युवा नेता खतिवडाले बताए । ‘ओलीजी धेरै बोल्नु हुन्छ’, उनले भने, ‘बोलेर मात्रै हुँदैन गरेर देखाउनु पर्छ ।’

यसैबीच, नेपाली कांग्रेसका युवा नेता एवम् सांसद खतिवडाको मुख्य योगदान रहेको ओखलढुंगा सामुदायिक अस्पतालले ‘ओखलढुंगा स्कुल अफ हेल्थ साइन्स नर्सिङ कार्यक्रम’ सोमबारबाट औपचारिक शुरुवात गरेको छ ।

यूनाइटेड मिशन टु नेपालमार्फत सञ्चालन हुँदै आएको अस्पतालले अबदेखि नर्सिङ शिक्षा दिनेछ । नर्सिङ शिक्षाको सिटिइभिटीबाट अनुमति लिनका लागि युवा नेता खतिवडाले ठूलो भूमिका खेलेको अस्पतालका कार्यकारी निर्देशक टुक श्रीमलले बताए ।

नर्सिङ कक्षाको अनुमति लिन र अस्पतालको बेड क्षमता बढाउन खतिवडाले विशेष भूमिका खेलेका थिए । खतिवडाकै पहलमा अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट दुई करोड ३८ लाख रकम निकासा भएको थियो । अस्पतालले पचास बेडमा सेवा दिँदै आएको छ । अस्पतालले अरु पचास बेडको पनि अनुमति पाइसकेको छ ।

Published : Tuesday, 2019 April 9, 11:56 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया