राप्रपा (संयुक्त) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘हलो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयक्त)लाई निर्वाचन आयोगले दर्ता गर्दै कानूनी मान्यता दिएको छ ।

राप्रपा (संयुक्त)लाई आइतबार आयोगले मान्यता दिँदै दर्ता गरेको जानकारी गराएको छ ।

राप्रपा (संयुक्त)का नेता किरण गिरीका अनुसार आयोगले चुनाव चिन्ह ‘हलो’ प्रदान गरेको छ । ‘संविधान सम्मत र कानूनी रुपमा आजबाट राप्रपा (संयुक्त) निर्वाचन आयोग दर्ता भएको छ’, गिरीले भने, ‘राप्रपा (संयुक्त)को चुनाव चिन्ह ‘हलो’ कायम भएको छ ।’

पशुतपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण भएपछि राप्रपा (संयुक्त) बनेको थियो ।

दुबै दल एकीकृत भएपछि नयाँ राप्रपा (संयुक्त) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो । आयोगले दल दर्ता गर्दै चुनाव चिन्ह प्रदान गरेको छ ।

Published : Sunday, 2019 April 7, 5:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया