राष्ट्रिय मुस्लिम गठबन्धनद्वारा बारामा राहत वितरण

बारा । हावाहुरीबाट प्रभावित बारा जिल्लाका पीडितहरूलाई राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन धनुषाले राहत सामाग्री प्रदान गरेको छ ।

गठबन्धनका पदाधिकारी र सदस्यहरूले शनिबार बाराको फेटामा राहत सामाग्री वितरण गरेका हुन् । गठबन्धनले हावाहुरीबाट प्रभावितलाई सानो भएपनि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।

राहत संकलनमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन धनुषाका वरिष्ठ सल्लाहकार हाकिम राइनसहितका पदाधिकारीले विशेष भूमिका खेलेका थिए ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन धनुषा संयोजक मौलाना इजराइल रिजवी, सचिव ईद मोहम्मद साफी जानी खान मदेशी, अधिवक्ता अजीज आलम, बच्चा राइन, मेहबुन रेजा, प्रवीण चौधरी, इसराफिल अन्सारी, हुसैन अन्सारी, मो.समसुद्दीन अन्सारी(रेंजर), नथुनी अन्सारी, सैनुल अन्सारी, मो.मुस्लिम कबाडी, वजीर दर्जी लगायतले राहत संकलनमा विशेष भूमिका खेलेको जनाइएको छ ।

गठबन्धनले बाराका पीडितहरूलाई चामल १५०० किलो, लाइट १०१ थान, कपडा सारी १ लाख रुपियाँ बराबरको, आटा ८ सय किलो, चिउरा ३ सय किलो, आलु ५ किलो, प्याज ५ सय किलो, मुरही १ सय किलो, पानीको बोतल ८४० थान, चाउचाउ २० कार्टुन, दाल ५० किलो, नुन १५० किलो, साबुन १ सय थान, सोयाबिन ४० किलो, खाने तेल १ सय लिटर संकलन गरेर वितरण गरेको छ ।

संकलित राहत सामाग्री शनिबार बाराको फेटामा वितरण गरिएको गठबन्धनका सचिव जानी खान मधेशी ईद मोहम्मद साफीले जानकारी दिएका छन् ।

Published : Saturday, 2019 April 6, 7:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया