कृष्णबहादुर महरा र शंकर पोखरेलको क्षेत्रमा कांग्रेसको सानदार जित
घोराही । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरको पलासेमा रहेको स्वर्गद्वारी सामुदायिक वन समूहमा नेतृत्व चयनका लागि मंगलवार भएको चुनावमा प्रजातान्त्रिक समूहका अध्यक्षसहित सबै पदमा विजयी भएका छन् ।
कांग्रेस नेता कृष्णकिशोर घिमिरे तथा कमलकिशोर घिमिरेको वन समूह भएका कारण पनि यो चुनावलाई रामपुरमा निकै चर्चाको विषयका रुपमा लिइएको थियो ।
चुनावका कांग्रेसको एउटा समूह र सत्तारुढ नेकपासहित अरु सबैको फरक समूह बनाइ प्रतिस्पर्धामा गएका थिए । स्थानीय तहमा बनको यो चुनावलाई कांग्रेस र नेकपाको उपस्थितिका रुपमा लिइएको थियो ।
चुनानको मतपरिणाम अनुसार अध्यक्षमा प्रजातान्त्रिक समूहका फूलमान चौधरी १ सय ४३ मत ल्याएर बिजयी भएका छन । प्रगतिशील समूहका निवर्तमान अध्यक्ष वीरबहादुर विकले १ सय १ मत ल्याएका छन् ।
उपाध्यक्षमा प्रजातान्त्रिक समूहका उपाध्यक्ष जगदीश चौधरी, सचिवमा रीता चौधरी र कोषाध्यक्षमा शरद केसी विजयी भएका छन् ।
सदस्यहरूमा बाधु चौधरी, मुक्ति थापा, मीनाकुमारी चौधरी, अमृता विक र सुन्दरा नेपाली विजयी भएको पलासेबाट चुडामणि आचार्यले जानकारी दिए ।
२ सय ६४ उपभोक्त रहेको उक्त वन समूहको चुनावमा २ सय ५२ मत खसेको थियो । ५ मत बदर भएको थियो ।
चुनावी परिणामपछि रामपुरमा बाजागाजासहित विजयी जुलुस निकालिएको छ ।
दाङको यो क्षेत्र नेकपाका सांसद एवम् सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको क्षेत्र पर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत