नेपाल बारमा कम्युनिस्टहरूलाई प्रारम्भीक झट्का, कांग्रेस उत्साहित
काठमाडौं । नेपाल बार एसोसिएसनमा सत्तारुढ नेकपाका उम्मेदवारहरूलाई पछाडि पार्दै नेपाली कांग्रेसका उम्मेदवारहरूले उछिनेका छन् ।
नेकपा निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ पछाडि परेका छन् ।
श्रेष्ठलाई नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले उछिनेका छन् । यसअघि श्रेष्ठ अगाडि थिए । सोमबार अपरान्हदेखि श्रेष्ठलाई पछाडि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन् ।
मत गणनाको पछिल्लो परिणाम अनुसार प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी श्रेष्ठले ६ सय ६९ मत ल्याएका छन् ।
प्रजातन्त्रवादी समूहका पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन् ।
महासचिवमा पनि प्रजातन्त्रवादी समूहले अग्रता हासिल गरेको छ । जस अनुसार सो समूहका लीलामणि पौडेलले ७ सय २१ मत पाउँदा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ६ सय ५० मत पाएका छन् ।
हालसम्म १ हजार ४ सय १० मतको मात्र गणना भएको छ । नेपाल बारमा १० हजार ३ सय १३ मतदाता रहेको छ ।
नेपाल बारको शनिबार भएको निर्वाचनमा ८ हजार ३ सय २९ मत खसेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत