ओलीका ‘अरिङ्गाल’द्वारा कम्युनिस्ट सरकारको आलोचना नगर्न चेतावनी
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोध गरेकोमा सरकारी सञ्चार संस्था गोरखापत्र दैनिकका सल्लाहाकार सम्पादक गोपाल खनालले आपत्ति जनाएका छन् ।
बारा र पर्सामा शनिबार राति आएको हावाहुरीबाट प्रभावितका विषयमा प्रधानमन्त्री ओलीको आलोचना भएपछि खनालले आक्रोश जनाएका हुन् ।
ओलीको आलोचना गर्ने विरोधीहरूलाई खनालले दुःखी भनेका छन् । उनले ओलीको आलोचना गर्न नहुने बरु काम गरेकोमा प्रशंसा गर्नुपर्ने आसयको स्टाटस फेसबुकमा लेखेका छन् ।
‘बारा र पर्सामा भएका हावाहुरी प्रभावितप्रति संघ र प्रदेश सरकारले तुरुन्तै उद्धार र राहत शुरु गरे’, खनालले भनेका छन्, ‘प्रधानमन्त्री पूर्वनिर्धाति कार्यक्रम रद्ध गरी ती क्षेत्र पुग्नुभो ।’
गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक खनालले भनेका छन्, ‘यसलाई समेत नकरात्मक प्रचार गर्ने दुःखीहरूलाई के भन्नु र खै । यति नकरात्मक हुन कसरी सकेका होलान् ?’
ओली अघिल्लो पटक प्रधानमन्त्री बनेका बेला खनाल परराष्ट्र विज्ञका रुपमा नियुक्त भएका थिए । पूर्वएमाले निकटका खनाल पनि ओलीकै गृहजिल्ला झापाका हुन् ।
प्रधानमन्त्री ओली सोमबार दलबलसहित बारा र पर्सा जिल्ला पुगेर घाइते तथा पीडितहरूसँग भेटेका थिए । आलोचकहरूले ओलीले पीडितहरूको उद्धार छिटो गर्नुका साटो दलबलसहित पुगेकोमा आलोचना गरेका थिए ।
केही व्यक्तिले कम्युनिस्ट सरकारले बारा र पर्साका पीडितहरूलाई समयमा राहत वितरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
तर, सरकारले घाइतेको उपचार र उद्धार तथा राहत वितरणमा कुनै पनि ढिलाइ नगरेको दाबी गर्दै आएको छ ।
ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा केही महिना अगाडि सरकारको आलोचना गर्नेहरूविरुद्ध अरिँगाल बनेर प्रतिवाद्ध गर्न निर्देशन दिएका थिए ।
ओलीको आलोचना गर्नेविरुद्ध यसरी आक्रोशित हुने खनाल पटक पटक अवसर पाउने पूर्वएमाले निकटका पत्रकार हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत