अष्ट्रेलियामा दुई नेपाली युवकबीच कुटाकुट
सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित सिबीडीमा दुई नेपालीबीच झडप भएको छ । झडपमा एकजना नेपाली युवकको टाउकोमा गम्भीर चोट लागेको छ ।
एनएसडब्लू पुलिसका अनुसार सोमबार स्थानीय समयानुसार राति साढे १२ बजेको दुई नेपाली युवकबीच झडप भएको थियो । घटनापछि पार्क स्ट्रिट नजिकै जर्ज स्ट्रिटमा आपतकालीन सेवा बोलाइएको थियो ।
नाइनन्यूजका अनुसार २२ वर्षे एक नेपालीलाई उनका २५ वर्षे साथीले यति बेस्सरी मुक्का हाने कि उनको टाउकोको हड्डी भाँच्चिएको छ । उनको दिमागमा रक्तश्राव भएको छ ।
उनको सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ । उनका २५ वर्षे नेपाली साथीलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्ना साथीलाई बक्स कटरले हमला गरेका थिए ।
यी दुई नेपालीको जर्ज स्ट्रिट नजिकै बाटो काट्नेबेला दुई दाजुभाईसँग बहस चर्किदाँ उक्त घटना भएको बताइएको छ ।
ती दुई दाजुभाइलाई पनि पक्राउ गरिएको थियो तर उनीहरूलाई जमानतमा रिहा गरिएको छ ।
सिड्नी क्षेत्रमा नेपालीहरूको बढ्दो जनसंख्याले त्यहाँ उनीहरुका आपराधिक क्रियाकलाप पनि बढ्दो छ ।
एनएसडब्यूका एनआरएनए संयोजक नन्द गुरुङले नेपालीहरूलाई अष्ट्रेलियामा पढ्न आएकाले यस्ता समस्याबाट टाढै बस्न आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत