नेविसंघ अमेरिकाद्वारा सहयोग गर्न अपील

काठमाडौं । बारा र पर्सा जिल्लामा भएको विनाशकारी क्षतिप्रति नेपाल विद्यार्थी संघ अमेरिकाले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकार र सम्पूर्ण देश तथा प्रदेशमा रहेका नेपालीहरूसंग सहयोगको अपील गरेको छ ।

आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २७ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् ।

नेपाल विद्यार्थी संघ अमेरिकाले आइतबार बिहान विज्ञप्ति जारी गर्दै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली विद्यार्थी संघ अमेरिका र आफूहरू निकै मर्माहत भएको जनाएको छ ।

‘यो प्रकृतिक विपत्तीबाट नेपाल विद्यार्थी संघ अमेरिका अत्यन्तै मर्माहत भएको छ’, नेविसंघ अमेरिकाका सभापति प्रभात सापकोटाले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग पनि आग्रह गर्दछु ।’

यो विपतको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्न सम्पूर्ण नेपालीहरूलाई नेविसंघ अमेरिकाले अनुरोध गरेको छ ।

आइतबार राति आएको आधा घण्टाको हावाहुरीले हज्जारौँ सर्वसाधारणको घर, गोठ भत्काइदिएको छ ।

भत्किएका घर र गोठ निर्माणका लागि पनि नेपाल विद्यार्थी संघ अमेरिकाका

सभापति प्रभात सापकोटा, केन्द्रीय सदस्य केपी भट्ट, प्रवक्ता त्रिभुवन पाण्डे लगायतका विद्यार्थीले सहयोगको अपील गरेका छन् ।

Published : Monday, 2019 April 1, 12:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया