बारा–पर्साको विपत्तीबाट पूर्वराजा शाह स्तब्ध

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा चैत १७ गते आइतबार सांझ आएको हावाहुरीबाट जनधनको क्षति भएको दुःखद् खबर सुन्दा आफू स्तब्ध भएको बताएका छन् ।

प्राकृतिक बिपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै उनले पीडित जनहरूमा समबेदना प्रकट गरेका छन् । साथै पूर्वराजा शाहले घाइतेहरूको शीध्र स्वास्थलाभको कामना पनि गरेका छन् ।

बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको हावाहुरीले २७ जनाको मृत्यु भएको थियो । चार सयभन्दा धेरै सर्वसाधारण घाइते भएका छन ।

सरकारले केही घाइतेलाई उपचारका लागि काठमडौं ल्याएको छ । उद्धारपछि पीडितलाई राहत वितरण शुरु भएको छ ।

Published : Monday, 2019 April 1, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया