बारा–पर्साको विपत्तीप्रति कांग्रेसका युवा नेताहरूद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले बारा–पर्सासहितका जिल्लामा आएको विनासकारी हावाहुरीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनीहरूले उद्धार र राहतको माग गरेका छन् । बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेको संख्या ३० पुगिसकेको छ । झण्डै चार सयभन्दा धेरै घाइते भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, चन्द्र भण्डारी, सरिता प्रसाइँ, धनराज गुरुङसहितका नेताहरूले बारा–पर्सासहितका जिल्लामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनीहरूले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।

कांग्रेसका नेताहरूले अस्पतालमा रगत अभाव हुनुका साथै चिकित्सकहरूको समेत कमी भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । साथै कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन उनीहरूले आग्रह गरेका छन् ।

उनीहरूले पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन र भत्किाए घर पुनर्निमाणको पनि माग गरेका छन् ।

Published : Monday, 2019 April 1, 9:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया