बारामा अध्यक्ष अन्सारीलाई सम्मान
बारा । महमुद आलम फाउण्डेशनले नवनियुक्त मुस्लिम आयोग अध्यक्ष समिम मियाँ अन्सारीलाई सम्मान गरेको छ ।
बारा जिल्लाको जितपुरमा शनिबार आयोजित विशेष कार्यक्रममा फाउण्डेशनले अध्यक्ष अन्सारीलाई सम्मान गरेको हो ।
अध्यक्ष अन्सारीले आफ्नो कार्यकालमा मुस्लिम समुदायको हित र अधिकार स्थापित गर्नेगरी काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् ।
उनले इस्लामिक विश्वविद्यालय स्थापना र हज हाउस निर्माणदेखि मुस्लिमका लागि अपरिहार्य कामहरूको थालनी गर्ने प्रतिवद्धता जनाएका छन् । अन्सारीले भने, ‘संविधानले दिएको अधिकार स्थापित गराउन पनि मेरो पहल हुनेछ ।’
अध्यक्ष अन्सारीले मुस्लिम समुदायका समस्याहरूको समाधान नै आफ्नो पहिलो प्राथमिकता रहने भन्दै जुन कुनै पनि बेला आफू उपस्थित भएर काम गर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत