दाङको विकासमा रातारात चमत्कार हुँदैन, समय लाग्छः शंकर पोखरेल
घोराही । प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपाका प्रदेशका ईञ्चार्ज शंकर पोखरेलले रातारात चमत्कार गर्ने बेला नभएको बताएका छन् ।
दाङको घोराहीस्थित पार्टी कार्यालयमा केही दिन अगाडि सम्पन्न शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले बिस्तार काम गर्दै जाने बताए । ‘बिस्तारै गति बढाउँदै जाने हो’, उनले भने, ‘यो लामो दौड हो । रातारात चमत्कार गर्ने बेला होइन ।’
मुख्यमन्त्री पोखरेलले भने, ‘यात्रा गर्दा शुरुमै तीब्र गतिमा अगाडि बढियो भने बीचमै थाकीहालिन्छ ।’
विकासका कार्यक्रमदेखि हरेक विषयमा भने जस्तो नभएको स्वकार गरेका पोखरेलले जनताको धेरै गुनासो रहेको बताए ।
पोखरेलले दाङ जिल्लामा आफूले विकासका धेरै कार्यक्रमहरू ल्याएको दाबी गरे । ‘मैले अभुतपूर्व योजनाहरू र बजेट ल्याएको छु’, उनले भने, ‘दाङको विकासमा तीन तहमा इतिहाँसमै अभुतपूर्व बजेट ल्याएको छु ।’
प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले जनतामा रहेका भ्रम र अन्यौलतालाई चिर्ने काम नेकपाका स्थानीय नेताहरूको रहेको बताए ।
एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणलाई भाँड्न विभिन्न षड्यन्त्रहरू भइरहेको उनले बताए ।
‘दुई पार्टी मिलेपछि कसरी कमजोर पार्न सकिन्छ भनेर लागिएको छ’, पोखरेलले भने, ‘षड्यन्त्र भएको छ ।’ नेकपालाई विभाजन गर्न कुन शक्ति लागेको पोखरेलले केही बताएनन् ।
आफ्नै दाङको कार्यक्रम पूरा अवधि नबसेका मुख्यमन्त्री पोखरेलले बीचैमा भाषण गरेर काठमाडौं जान हतार छ भन्दै बाहिरिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत