नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन, ११ जना पक्राउ

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघले आइतबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघले पोखरा विश्वविद्यालयअन्तर्गतका कलेजहरूको लापरवाहीका कारण परीक्षा दिनबाट बञ्चित ३ सयभन्दा धेरै विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै प्रदर्शन गरेको हो ।

नेविसंघको प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको छ । नेविसंघले मध्यबानेश्वरको एपेक्स कलेज अगाडिबाट प्रदर्शन शुरु गरेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू नवराज त्रिपाठी, मनीष सिंखडा, चेतराज कँडेल, पौल बज्राचार्य, अर्बत खड्का, केयुर न्यौपाने, कृष्ण पुडासैनी, सरोज थापा, प्रशान्त थापा, दीपेश ओली, निराज घिमिरे र सुरज ऐर लगायतका विद्यार्थी पक्राउ परेका छन् ।

नेविसंघका विद्यार्थीले एपेक्स, टाईम्स, राजधानी लगायतका कलेजमा माफिया लेखिएका पेन्टिङ गरेका थिए ।

Published : Sunday, 2019 March 31, 11:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया