कांग्रेसका केन्द्रीय नेताहरूको मानमर्दन गर्नु हुँदैनः कृष्णजी खड्का

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष कृष्णजी खड्काले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका केन्द्रीय नेताहरूको मानमर्दन हुने गरेर गतिविधि गर्न नहुने बताएका छन् ।

काठमाडौंको दक्षिणकालीमा शनिबार आयोजित पुनर्मिलन तथा वनभोज कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष खड्काले कुनै पनि नेता वा कार्यकर्ताविरुद्ध उजुरी दिँदा प्रमाणसहित दिनुपर्ने बताए ।

‘कांग्रेसले अनुशासन समिति बनाएको छ । कांग्रेसभित्रको यो समिति न्यायिक समिति हो’, उनले भने, ‘नेताहरूविरुद्ध उजुरी दिने कुरा ठूलो होइन । तर, प्रमाणविना मानमर्दन गर्ने गरी कसैका विरुद्ध उजुरी हाल्नु हुँदैन ।’

अनुशासन समितिले छानविन गर्दा कुनै पनि प्रमाण र आधार पाएन भने कांग्रेका शीर्ष नेताहरू मानमर्दन हुने गरेर उजुरी हाल्ने व्यक्तिमाथि पनि कारबाही गर्नुपर्ने तरुण दल काठमाडौंका सभापति खड्काले बताए ।

‘उजुरी दिने कुरा ठूलो होइन । उजुरी दिने अधिकार छ । अनुशासन समितिले फैसला गरेछ भने दोषको भागिदार हुनुपर्छ’, उनले भने, ‘पुष्टि नहुने र मानमर्दन गर्ने गरी उजुरी दिइएको छ भने उजुरी दिन व्यक्तिलाई पनि कारबाही गर्नुपर्छ ।’ अध्यक्ष खड्काले यस्ता विषयलाई गम्भीर रुपमा लिनुपर्ने अन्यथा अराजकता मौलाउने उल्लेख गरे ।

तरुण दलले केन्द्रमा पूर्णता पाउन नसकेको विषयमा उनले चिन्ता जनाए । ‘कांग्रेसले अहिले देशभरि सकारात्मक सन्देश दिने बेला हो’, उनले भने, ‘कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लड्ने बेला आइसक्यो ।’

अध्यक्ष खड्काले तरुण दलको काठमाडौं जिल्ला कार्यसमिति अन्य जिल्लाहरूको तुलनामा सक्रिय रहेको बताए । कांग्रेसले गर्ने वा अन्य भातृ संगठनहरूद्वारा गरिएका हरेक कार्यक्रममा काठमाडौं तरुण दलको विशेष उपस्थिति रहने गरेको उनले बताए ।

पुनर्मिलन र वनभोज कार्यक्रम सबै तरुण नेताहरूको भेटघाट होस् भनेरै राखिएको उनले बताए । नेपाल तरुण दल बिक्रम संवत २०१० सालमा स्थापना भएको थियो । २०५४ सालमा तरुण दललाई पुनस्र्थापना गरिएको थियो ।

Published : Saturday, 2019 March 30, 11:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया