फुट्यो रामचन्द्रको गुट, यी तीन नेताद्वारा बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको भेलामा उनकै पक्षका डा.मीनेन्द्र रिजाल, डा.शेखर कोइराला र डा.नारायण खड्काले बहिष्कार गरेका छन् ।
यसअघि पौडेल पक्षधर रहेका तीन नेताहरू यसपटक भने टाढिन खोजेको कतिपयको विश्लेषण छ । डा.शेखरले भने यस्ता भेलाहरू गरेर कुनै उपलब्धि नहुने भएकाले आफू सहभागी नभएको बताए । रिजाल र खड्का भने देउवा गुटतिर नजिक हुन चाहेको बताइएको छ ।
देउवाको नेतृत्व असफल भएको भन्दै पौडेलले आफू निकटका नेताहरूसँग छलफल गर्न भेलाको आयोजना गरेका थिए ।
शुक्रबार पौडेलले काठमाडौंको एक होटलमा भेलाको आयोजना गरेका थिए । देउवा नेतृत्वको कांग्रेस कमजोर बन्दै गएकाले अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पौडेलले छलफल गरेका थिए ।
पौडेलको भेलामा युवा नेताहरू धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतको पनि उपस्थिती रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत