अचानक पुगे ओली सिमानामा
रसुवा । एमाले अध्यक्ष केपी ओलीले रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गरेका छन् । रसुवा आएका उनले नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने बताए ।
गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म दुई लेनको मोटरबाटो सञ्चालनमा ल्याउने उनको भनाइ थियो । सो बाटो ट्रयाक खोल्ने काम अहिले नेपाली सेनाले गरिरहेको छ ।
‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पु-याउने गरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो’, मंगलबार अध्यक्ष ओलीले भने, ‘यो नाका अब सबै हिसाबले अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ ।’ मानसरोवर जाने तीर्थ यात्रुलाई समेत यो नाका सहज हुने उनको भनाइ थियो ।
ओलीको भ्रमण दलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् ।
जिल्लाका एमाले नेताहरु पूर्व सांसद जनार्दन ढकाल, पार्टी अध्यक्ष कर्नेल लामा पनि ओलीको टोलीमा छन् । चार वटा हेलिकोप्टरमा आएको अध्यक्ष ओलीको टोलीले बिहान भूकम्पले क्षति पुर्याएको लाङटाङ उपत्यकाको अवलोकन गरेको थियो ।
नयाँ सरकार गठनको तयारी भइरहँदा ओली चीनसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका अवलोकनका लागि टिमुरे अाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत