न्याय परिषदद्वारा उच्च र जिल्ला न्यायाधीशहरूको सरुवा, प्यूठानबाट भक्तपुर आए योगी
काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला न्यायाधीहरूको सरुवा गरेको छ ।
मंगलबार बसेको न्याय परिषदको बैठकले जिल्ला अदालतका १८ र उच्च अदालतका १ जना न्यायाधीशको सरुवा तथा पदस्थापन गरेको सूचनामा उल्लेख छ ।
उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको सरुवा उच्च अदालत विराटनगरमा गरिएको छ ।
जिल्ला न्यायाधीशको नियुक्तिका लागि एक जना पारशमणि पोखरेलले मात्र नाम निकालेपछि रिक्त पदमा सिफारिस गरिएको छ ।
सरुवा भएका जिल्ला न्यायाधीशहरूमा हरिप्रसाद शर्मा उपाध्याय पंगेनीको महोत्तरीबाट नवलपरासी, राजेन्द्रकुमार आचार्यको सप्तरीबाट काठमाडौं, शिशिरराज ढकालको रुपन्देहीबाट काठमाडौं, भोलानाथ ढकालको नवलपरासीबाट डोल्पा, पनाराम खनालको धनुषाबाट प्यूठान, बलराम त्रिपाठीको सुनसरीबाट चितवन, रामप्रसाद न्यौपानेको धनुषाबाट भक्तपुर, विष्णुप्रसाद गौतमको जुम्लाबाट मोरङ, बाबुराम सुवेदीको महोत्तरीबाट नवलपुर, सुमनकुमार न्यौपानेको सुनसरीबाट काठमाडौं सरुवा भएको छ ।
कपिलमणि गौतमको सर्लाहीबाट काठमाडौं, राजेशकुमार कटुवालको मोरङबाट जुम्ला, देवप्रसाद योगीको प्यूठानबाट भक्तपुर, श्यामलाल घिमिरेको रुकुमकोटबाट काठमाडौं, प्रेमप्रसाद न्यौपानेको काठमाडौंबाट रुकुमकोट, दीनबन्धु बरालको मोरङबाट काठमाडौं, दुर्गा खड्काको धनुषाबाट काठमाडौं, भुवन गिरी (निलम्बन)को कपिलवस्तुबाट न्याय परिषदमा सरुवा भएको छ ।
न्याय सेवा आयोगले लिएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा सहभागी २ सय १० जना फेल भएका थिए ।
चार वर्षअघि पनि पोखरेलले न्याय सेवा, न्याय समूहअन्तर्गत उप–सचिवमा पहिलो नम्बरमा नाम निकालेका थिए ।
साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशको लिखित परीक्षा भएको थियो । लिखित परीक्षामा २ सय ११ जना सहभागी थिए । २९ जिल्ला न्यायाधीशको माग गरिएको थियो । भदौ ३१ गते पनि २७ न्यायाधीश नियुक्ति गरिएको थियो ।







बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया