सवारी दुर्घटनामा देवीमायासहित दुई जनाको मृत्यु
काठमाडौं । झापा र गोरखा जिल्लामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
झापा, मेची नगरपालिका-५ घोडाधिनमा मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया देवीमाया विकको शनिबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता, गोरखाको सिरानचोक गाउँपालिका-७ भालुश्वाँरामा बा.९१ प ४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ नयाँसाघु बस्ने २७ वर्षीय मिलन थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया