तरुण दल धादिङद्वारा अध्यक्ष गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल तरुण दल धादिङले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

तरुण दल धादिङले नेपाल तरुण दल केन्द्रीय समितिको राहत संकलन कार्यक्रममा ४४ हजार ८ सय १६ रुपियाँ हस्तान्तरण गरेको हो ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । अध्यक्ष गुरुङले तरुण दल धादिङलाई धन्यावाद दिएका छन् ।

आर्थिक सहयोग हस्तान्तरणका लागि तरुण दल धादिङका अध्यक्ष विश्वकर्मासहितका तरुणहरू नेपाल तरुण दलको केन्द्रीय कार्यालय कालीमाटीमा आएका थिए ।

Published : Thursday, 2023 December 7, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया