कोन्ज्योसोममा श्यामको घरमा छापा, जुवाखेलिरहेका १५ जना पक्राउ

ललितपुर । प्रहरीले ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नगदसहित पक्राउ गरेको छ ।

कोन्ज्योसोम गाउँपालिका–१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका–१ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा बृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७३ हजार १ सय १० रूपियाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2023 December 6, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया