सभापति देउवाद्वारा सशीला थिङलाई सचेतक पदमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभाको सचेतक पदमा सुशीला थिङलाई नियुक्त गरेका छन् ।

सभापति देउवाले बिहीबार थिङलाई प्रतिनिधि सभाको सचेतक पदमा मनोनयन गरेका हुन् ।

कांग्रेस संसदीय दलको सचेतक पद रिक्त थियो । थिङलाई सचेतक पदमा नियुक्त गरिएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्तिमार्फत जनाएका छन् ।

Published : Thursday, 2023 June 8, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया