कम्युनिस्ट सरकारले दशैँमा साढे छ अर्ब बाँड्ने
काठमाडौं । कम्युनिट सरकारले सरकारी कर्मचारीलाई दसैंमा भत्ता वितरण गर्न करीव साढे ६ अर्ब रुपियाँ निकासा हुने भएको छ ।
कर्मचारीले दशैँको घटस्थापनाभन्दा अगाडि नै नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् ।
एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ । सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको स्रोतले जनाएको छ ।
दशैँभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दशैँमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ ।
कम्युनिस्ट सरकारले कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ । सरकारले सरकारी कर्मचारीका लागि पारिश्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरेको छ ।
विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैंपेस्की जाने गरेको छ। तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत