ओलीलाई न्युयोर्कमा जताततै कालो झण्डा ! कार्यक्रम नै बहिष्कार
न्युयोर्क । कम्युनिष्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई अमेरिकामा फेरि कालो झण्डा देखाएर विरोध भएको छ ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली मधेसी मूलका अमेरिकनहरूले ओलीलाई कालो झण्डा देखाएका हुन् ।
संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका आइपुगेका ओलीलाई मधेसीहरूले कालो झण्डा देखाएको सतेनद्र साहले बताए ।
अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरूसँगको भेटघाट कार्यक्रमलाई समेत मधेसीहरूले बहिष्कार गरेका छन् । कार्यक्रम बहिस्कार भएछि प्रधानमन्त्री ओलीले चिन्ता जनाएका थिए ।
मधेसी एसोसिएसन इन अमेरिका (मा)को नेतृत्वमा ओलीविरुद्ध कालो झण्डा र बहिष्कारको कार्यक्रम भएको थियो ।
‘मा’को अधिवेशनका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका आउन रोकेको झोँकमा मधेसीहरूले न्युयोर्कमा ओलीको विरोध गरेको जनाएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री ओलीले अनुमति नदिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट भिडियो कन्फरेन्समार्फत ‘मा’को अधिवेशनलाई सम्बोधन गरेका थिए ।
1 प्रतिकृया प्राप्त “ओलीलाई न्युयोर्कमा जताततै कालो झण्डा ! कार्यक्रम नै बहिष्कार”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

ab kati din lag6 sarkar