एसपी विष्टको डिएनए रिपोर्ट बाहिरियो, खडा भयो गम्भीर प्रश्न

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तसँग निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट नमिलेको तथ्य बाहिरिएको छ ।

घटनामा संलग्न भएको आशंकामा निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएको थियो । उनीहरुको डिएनए निर्मलासँग म्याच नभएको प्रहरी स्रोतले जनाएको छ ।

तीनैजनाको रगतको नमूना संकलन गरी शिक्षण अस्पताल महाराजगञ्जमा डिएनए परीक्षण गरिएको थियो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत आइतबार सार्वजनिक हुँदैछ ।

प्रहरीले निर्मलाको हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दिलीप बिष्टको पनि डिएनए परीक्षण गरेको थियो । दिलीपको पनि डिएनए म्याच खाएको थिएन ।

निलम्बित एसपी विष्टसहित तीनजनाको डिएनए रिपोर्ट म्याच नखापछि निर्मलाका दोषीहरु तत्काल पाक्राउ पर्नेमा आशंका थपिएको छ ।

Published : Sunday, 2018 September 30, 9:23 am

1 प्रतिकृया प्राप्त “एसपी विष्टको डिएनए रिपोर्ट बाहिरियो, खडा भयो गम्भीर प्रश्न”

  • अनि अस्थाई साधनको प्रयोग भको थियो होलानी अनि पैलानी प्रमाण नस्ट गरियेको थियो सरिर अनि कपडा पुरै पखालेर चै अनि कसरी मिल्छ त।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया