कम्युनिस्ट सरकारको बद्मासी रोक्न अगाडि बढे गगन थापा

काठमाडौं । प्रमुख विपक्षी विपक्षी दल नेपाल कांग्रेसले कम्युनिस्ट सरकारले जथाभावी सरकारी जंगल फडानी गरेर विमानस्थल बनाउने तयारी गरेपछि प्रश्न उठाएको छ ।

कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले बाराको निजगढ विमानस्थल निर्माणका विधि र प्रक्रियाको जवाफ खोजेका छन् ।

उनले कम्युनिस्ट सरकारसँग जवाफ र विमानस्थल निर्माणको विधि तथा प्रक्रिया खोज्दै संसदीय समितिमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सांसद थापाको मागप्रति चासो देखाउँदै अध्ययनका लागि उपसमिति गठन गरेको छ ।

निजगढ विमानस्थल निर्माणबारे उठेका सवालहरूमाथि अध्ययन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार उपसमिति गठन गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपाल नेतृत्वको उपसमितिलाई दुई महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ ।

संघीय संसदको बर्खे अधिवेशन सकिएकाले थापाको प्रस्तावउपर संसदीय समितिले उपसमिति गठन गरी अध्ययन थालेको छ ।

सांसद थापाले प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयका लागि सरकारलाई निर्देशित गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई पत्र पनि लेखेका थिए ।

कांग्रेस नेता थापाले असोज १० गते संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

विमानस्थल निर्माणको आधारभूत प्रक्रिया पूरा नगरी रुख कटानको अनुमति मागिएको लगायत विषयमा सांसद थापाले छलफल गर्न आवश्यक देखिएको भन्दै प्रस्ताव दर्ता गराएका थिए ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा दुई मत नरहेको तर त्यसका विधि र प्रक्रियाहरूको जवाफ खोजिएको सांसद थापाले बताएका छन् ।

यति ठूलो आयोजना निर्माण गर्दा उठेका प्रश्नको जवाफले सरकारलाई थप जिम्मेवार, उत्तरदायित्वबोध गराउने कांग्रेस नेता थापाले बताएका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी विकास समितिको सभापति हुँदा रुख रोप्ने विषयमा छुट्टै निकाय गठन गर्न सरकारलाई निर्देशन गरिएकोबारे पनि सांसद थापाले स्मरण गराए ।

डिपिआर तयार नभइकन रुढ काट्न हतार गरिएको भन्दै थापाले सोबारे जानकारी मागेका छन् । पर्यटन मन्त्रालयले २५५६ हेक्टरमा रुख काट्ने आदेश दिन वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेको थियो ।

पर्यटन मन्त्रालयले के आधारमा यति क्षेत्रफलको रुख काट्ने आदेश मागेको हो प्रष्ट नभएको प्रस्तावमा उल्लेख गरिएको छ ।

Published : Saturday, 2018 September 29, 8:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया