यी हुन् अर्काकी पत्नी ‘ध्वस्त’ पार्ने पूर्वएमालेका वडाध्यक्ष, प्रहरीकै संरक्षण

दमौली । कम्युनिस्ट सरकारले नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाललाई राजनीतिक संरक्षण दिएर राखेको खुलासा भएको छ ।

तत्कालीन एमालेबाट वडाध्यक्षमा विजयी भएका कुमाल बलात्कार मुद्धामा प्रहरीमा लिखित जाहेरी पर्दासमेत पक्राउ गरिएको छैन ।

वडाध्यक्ष कुमाललाई कम्युनिस्ट सरकारकै दवावमा प्रहरीले पक्राउ नगरेको हो । गत वैशाखमा कुमालले विवाहित महिलालाई बलात्कार गरेका थिए । कुमाल पाँच महिनादेखि गाउँमा घुमफिर गर्दै आएका छन् ।

घटनालगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमै आइरहने भए पनि पक्राउ परेका छैनन् । वडाध्यक्ष कुमालमाथि स्थानीय विवाहिता महिलालाई डेढगाउँबाट फर्कने क्रममा बलात्कार गरेको अभियोग छ ।

कुमालविरुद्ध पक्राउका लागि नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रहरीमा उजुरी परेको छ । कुमाल तनहुँ बस्ने भएकाले पक्राउका लागि नलवपरासी प्रहरीले पत्राचार गरेको छ ।

वडाध्यक्ष कुमाल हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आवद्ध छन् ।

वडाध्यक्ष कुमाल नियमित घर आउने गर्छन् । रात बस्ने गरे पनि कुमाललाई पक्रन प्रहरीले हिममत देखाएको छैन । पीडित परिवारले कम्युनिस्ट सरकारबाट न्याय पाउनेमा आशा मर्दै गएको बताउन थालेको छ ।

बलात्कृत महिलाका श्रीमान् विदेश रहेका छन् । ती महिलालाई पत्नीकै रुपमा राखेर बलात्कारको जाहेरी फिर्ता गराउन वडाध्यक्षले प्रयास गरेको आफन्तको दाबी छ । त्यसैले पनि महिला असुरक्षाले दमौली बस्न थालेकी हुन् ।

बलात्कृत महिलालाई वडाध्यक्षले पत्नीका रुपमा स्वीकार गरेर मुद्धाबाट बच्न आफन्तहरूलाई दवाव दिने गरेका छन् ।

तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले पक्राउको प्रयास भइरहे पनि नभेटिएको दाबी गरे । कुमाल तत्कालीन एमाले तथा हाल नेकपामा आवद्ध छन् । राजनीतिक दबाबका कारण उनलाई नपक्रेको आरोपसमेत प्रहरीमाथि लाग्ने गरेको छ ।

प्रदेश सभामा समेत यस विषयमा पटक पटक आवाज उठ्यो । यसअघि केही पटक कुमालको गाउँ पुगेको प्रहरी उनी झुक्याएर भागेकाले पक्रन नसकिएको बताउँदै फर्केको थियो ।

प्रदेश सभामा गत साता प्रदेशसभा सदस्य सरिता गुरुङले आवाज उठाएपछि उनलाई पक्रन फेरि प्रहरी टोली गाउँ गएको थियो । उनी गाउँमा नभेटिएको प्रहरी उपरीक्षक शाहले बताएका छन् ।

घटनाको लामो समयसम्म समेत पक्रन नसकिँदा एकातिर पीडित महिलाले असुरक्षा भोगेकी छन् भने अर्कोतिर कानूनी कारबाही अघि बढ्न सकेको छैन ।

अहिले देशैभर बलात्कारका घटनामा कारबाहीको चर्को दबाब परिरहेका बेला तनहुँमा यति लामो समयसमम पनि दोषी पक्रन नसक्नु दुःखद् भएको प्रदेशसभा सदस्य सरिता गुरुङले बताइन् ।

Published : Saturday, 2018 September 29, 7:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया