निर्मलाका हत्यारालाई सरकारले ढाकछोप गर्योः रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
त्रिभुवन विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै पौडेलले निर्मला हत्याको छानबिन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए ।
‘दोषीलाई कानूनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर देखिएको छैन’, उनले भने ।
वरिष्ठ नेता पौडेलले बुढीगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाए ।
Published : Thursday, 2018 September 27, 5:23 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत