कम्युनिस्टहरूको पेलानमा परेपछि १३ कर्मचारीद्वारा राजीनामा

काठमाडौं । संसद सचिवालयका १३ कर्मचारीले राजीनामा दिएका छन् । तर व्यवस्थापन समितिले कर्मचारीहरूको राजीनामा अस्वीकृत गरेको छ ।

असोज ७ गतेदेखि लागू हुने गरी दिएको कर्मचारीहरूको राजीनामा आइतबार बसेको समितिको बैठकले स्वीकृत नगरेको हो ।

राजीनामा दिनेहरूमा उपसचिव केशव आचार्य, ईलेक्ट्रोनिक अधिकृत दिल देशार, प्राविधिक अधिकृत उद्दव गौतम, मुद्रण अधिकृत सागरकुमार तुलाधर, नायव सुब्बा लालबहादुर चौहान, रेकर्डिङ अप्रेटर बासुनाथ श्रेष्ठ, हल्का सवारी चालक मचाकाजी डंगोल, कार्यालय सहयोगीहरू सन्तकुमार भण्डारी, टीकाबहादुर महत, नरकुमारी दाहाल, धम्मेकुमाल र हजहरि पुरी रहेका छन् ।

समितिले राजीनामा अस्वीकृत गरिदिएपछि घर बिदा बसिसकेका कर्मचारीलाई फेरि काममा बोलाएर हाजिर गराउने कि कहिले राजीनामा स्वीकृत गर्ने भन्नेमा सचिवालय अन्योलमा परेको छ ।

राजीनामा स्वीकृत गराउन फाइल लिएर गएका सचिवालयका कर्मचारीहरू व्यवस्थापन समितिका अध्यक्ष तथा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका पदाधिकारीले राजीनामा स्वीकृत नगर्ने मनसाय बैठकमा व्यक्त गरेपछि अन्योलमा परेका हुन् ।

संसद सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले पनि केही समयअघि मात्रै कार्यावधि बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए ।

प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुबै नेकपा निकटका छन् । उनीहरूको पेलानमा परेपछि १३ जना कर्मचारीहरूले राजीनामा दिएको स्रोतले जनाएको छ ।

Published : Monday, 2018 September 24, 12:12 pm

1 प्रतिकृया प्राप्त “कम्युनिस्टहरूको पेलानमा परेपछि १३ कर्मचारीद्वारा राजीनामा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया