कम्युनिस्ट सरकारले गाडीको भाडा बढायो, महँगियो दशैँ

काठमाडौं । कम्युनिस्ट सरकारले दशैंको मुखैमा सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको हो । यातायात व्यवस्था विभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच शनिबार साँझ भएको सहमति अनुसार सरकारले भाडा बढाएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले पुरानै भाडामा दशैंको लागि अग्रिम टिकट बुकिङ गर्न नसक्ने बताउँदै आएका थिए ।

दशैंको टिकट बुकिङ गर्नका लागि १० प्रतिशत भाडा बढाउने सहमति दिएको उपाध्यायले बताए । २–३ महिनापछि पुनरावलोकन गरेर वैज्ञानिक भाडादर तोक्ने कम्युनिस्ट सरकारको भनाइ छ ।

२०६९ सालयता सार्वजनिक यातायातमा भाडा वृद्धि भएको थिएन । विभागका सूचना अधिकारी उपाध्यायले यातायात व्यवसायीको माग जायज भएकाले पूरा गरिएको बताए ।

यसअघि यातायात व्यवसायी महासंघले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने जनाएपनि एक्कासी पेट्रोलियम पदार्थमा मूल्य बढेपछि व्यवसायीले टिकट बन्द गरेका थिए ।
कम्युनिस्ट सरकारले दश प्रतिशत भाडा वृद्धि गरेसँग दशैँमा घर जान तयार भएर बसेका यात्रुहरूलाई ठूलो मर्का पर्नेछ । सार्वजनिक सवारीको भाडा वृद्धिसँगै उपभाग्य सामाग्रीको पनि मूल्य वृद्धि हुनेछ ।

Published : Saturday, 2018 September 22, 9:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया