कांग्रेससँग भिड्ने आँट गरेन कम्युनिष्ट सरकार, महाभियोगबाट ब्याक

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यशैलीको अघोषित रुपमा बहिष्कार गर्ने चालपाएपछि ब्याक भएको छ ।

नेकपाका एकजना शीर्ष नेताका अनुसार वरिष्ठ न्यायाधीश जोशीलाई महाभियोग लगाउने कुरा हल्ला मात्रै भएको बताएका छन् । ती नेताको भनाइले जोशीलाई तर्साएर राजीनामा गर्न लगाउन दवाव सिर्जनाका लागि महाभियोगको हल्ला चलाएको बताए ।

नेकपाका केही सांसदले जोशीलाई महाभियोग लगाउन हस्ताक्षर सुरू भएको बताएका थिए । जोशीमाथि महाभियोगको चर्चा फैलिएको थियो ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको दल नेकपाका कारण प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशी न्यायाधीशका रूपमा अदालतमा मुद्दा हेरिरहेका छन् । यो कुरा पूर्वएमाले पृष्टिभूमि भएका न्यायाधीशहरूलाई चित्त बुझेको छैन ।

न्यायिक क्षमतामा प्रश्न उठाएर जोशीलाई अस्वीकृत गर्दासमेत जोशी न्यायालय फर्किएर काम गर्न थालेपछि नेकपालाई नैतिक अप्ठेरो परेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेकपाले जोशीलाई महाभियोग लगाउने तयारी गरेको विषयमा कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन । तर, कांग्रेसले महाभियोग प्रस्ताव दर्ता भयो भने विपक्षमा उभिने स्पष्ट संकेत गरेको छ ।

Published : Friday, 2018 September 21, 10:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया