चालकहरूको जागिर धरापमा, सेना–प्रहरीले खोस्यो चाबी

काठमाडौं । व्यक्तिगत स्वार्थका माग राखेर पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गरिरहेका ट्याङ्कर चालकसँगको चाबी खोसेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलियम पदार्थको ढुवानी शुरु गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनमा सेना र प्रहरीका दक्ष चालकहरूले शुक्रबार चाबी खोसेर ट्याङ्करबाट पेट्रोलियम पदार्थ ढुवानी थालेका हुन् । आपूर्तिमन्त्री यादवले आन्दोलनमा रहेका चालकहरूको अटेरीपनालाई बेवास्ता गर्दै जनतालाई सेवा दिन कडा कदम उठाएका हुन् ।

फौजदारी संहितामा असहमति जनाउँदै ढुवानी ठप्प पारेका ट्याङ्कर चालकहरूसँग सरकारले सहमति गरेको थियो । तर, चालकहरूले ट्याङ्क नचलाएपछि साँचो खोसेर सेना प्रहरीका चालकले चलाउन थालेका हुन् ।

चालकहरूले बुधवारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकर आन्दोलन गर्दै आएका छन् । सहमति नजुटेपछि चालकहरूले ढुवानी सुचारु गरेका छैनन् ।

मन्त्रालयले अमलेखगञ्ज र भैरहवामा गरी ३० वटाभन्दा बढी ट्याङ्कर नियन्त्रणमा लिएर ढुवानी शुरू गरिसकेको छ ।

करीब साढे १८ सय ट्याङ्करहरूले पेट्रोलियम पदार्थ ढुवानी गरिरहेको छन् । यसमध्ये केहीले मात्रै शुक्रवार बिहानदेखि ढुवानी सुचारु गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा प्रणाली लागू गरेको हो ।

मोटरसाइकल, स्कूटरलाई पाँच लिटर, हल्का सवारी साधान कार, भ्यानलाई बढीमा १५ लिटर डिजेलबाट चल्ने सवारीलाई ५० लिटर र लामो दूरीका सवारीसाधनलाई १०० लिटर उपलव्ध गराउन निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थ ढुवानीको मुख्य नाका रक्सौलबाट असोज २ गतेदेखि इन्धन भित्रिन सकेको छैन । आयल निगमसँग इन्धन स्टक गर्ने क्षमता धेरै नहुँदा एक दुई दिनमानै राजधानीमा तेलको हाहाकार पर्न थालेको छ । निगमले भने धेरै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Published : Friday, 2018 September 21, 6:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया