मानसिक रोगी कुटपिट गर्ने यी प्रहरीलाई कारबाही हुने
काठमाडौं । प्रहरीले मानसिक रोगीलाई निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानविन गरेको छ ।
काठमाडौंको गोंगबुमा मानसिक रोगी व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । मानसिक रोगी ती व्यक्तिलाई कुटपिट गर्ने प्रहरीमाथि आन्तरिक छानबिन सुरु भएको हो ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
प्रहरीले मानसिक रोगीलाई लाठी र बुट बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको ठूलो आलोचना भएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले मानसिक रोगीलाई प्रहरीले कुटपिट गरेका बारेमा सत्य तथ्य छानविन गर्न समिति बनाएको जानकारी दिए ।
गोंगबुस्थित शिव मन्दिर चोकमा गत सोमबार प्रहरीले मानसिक रोगीमाथि कुटपिट गरेका थिए । फेन्सी पसल अगाडि बसेका ती व्यक्तिलाई बिहान साढे ६ बजे स्थानीयले हटाउन खाजेका थिए । पसले र मानसिक रोगीबीच विवाद भएको थियो ।
स्थानीयले उनलाई पिटेर भगाउन खोजेका थिए । प्रहरीले झगडा छुट्टाउनुको साटो मानसिक रोगीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
सत्तारुढ दल नेकपा निकट लेखक दिलनिशानी मगरले भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका थिए ।
1 प्रतिकृया प्राप्त “मानसिक रोगी कुटपिट गर्ने यी प्रहरीलाई कारबाही हुने”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

manasik rogi mathi latthi charj garni sarkari jun karma chari ho karbahi garnu parcha ra manasik rogilai man hani jyan hani sulka delaunu parcha ra agami din haruma esta ghatana kam huna parch