कांग्रेसकी यी नेतृले उठाइन् कम्युनिस्टहरूले ध्यान नदिएको विषय
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले केही दिन अगाडि पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता गर्न चेतावनी दिएको छ ।
संसदको बिहीबारको बैठकमा कांग्रेसकी सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता गर्न माग गरेकी हुन् । ‘यो सरकारले जनतालाई राहत दिएन’, उनले भनिन्, ‘दशैँ र तिहार आउँदै छ । चाढपर्वको मुखमा मूल्य वृद्धि गरेर सरकारले जनतालाई आहत बनाएको छ ।’
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिइयोस् । दशैँ तिहार आउँदै गर्दा मूल्य वृद्धि भयो’, उनले भनिन्, ‘यस्तै अवस्था रह्यो भने कांग्रेसले अप्रिय निर्णय लिन सक्छ ।’
Published : Thursday, 2018 September 20, 12:08 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत