यी कम्युनिस्ट भिआइपीहरू विदेशमा रमाउँदै, को–को छन् देश बाहिर ?
काठमाडौं । सुशासनको नारा लगाएर कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको कम्युनिस्ट सरकारले आफ्ना नेता र मन्त्री तथा मुख्यमन्त्रीहरूलाई धमाधम विदेश पठाएको छ ।
त्यति मात्रै होइन कम्युनिस्ट सरकारले राजनीतिक नियुक्ति पाएका उच्च अधिकारीलाई पनि विदेश घुम्न पठाएको छ । निजामती कर्मचारीहरूलाई भने कम्युनिस्ट सरकारले विदेश घुम्न जान कडाइ गरेको छ ।
बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने औपचारिक भ्रमणका लागि दलबलसहित सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।
उपराष्ट्रपति पुन छेन्दुमा बिहीबारबाट सुरु हुने १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने छन् । पुनसँगै उनकी पत्नी पनि चीन गएकी छिन् । पुन तत्कालीन माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका हुन् ।
त्यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका छन् । शाही एअर चाईनाको विमानबाट चीन प्रस्थान गरेका हुन् ।
चीनको सिचुआन प्रान्तका गभर्नर यिन लीको औपचारिक निमन्त्रणामा चीन भ्रमणमा गएका मुख्यमन्त्री शाही वेस्टर्न चाइना इन्टरनेशनल फेयर र बीआरआई कन्फरेन्समा सहभागी हुने छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पनि साताव्यापी अफ्रिका भ्रमणका क्रममा बुधबार घाना प्रस्थान गरेका छन् ।
स्थायी कमिटी सदस्य पम्फा भुसाल र सांसद बलराम बास्कोटासहित तीन सदस्यीय टोलीको नेतृत्व गरेका नेपाल वामपन्थीहरूको अफ्रिकन सम्मेलनमा सहभागी हुनेछन् ।
नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको टोली एक सातादेखि चीन भ्रमणमा छ । चीनको निमन्त्रणामा श्रेष्ठको टोली घुमघाममा मस्त छ ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चीन भ्रमण सकेर बुधबार राति काठमाडौं आउँदै छन् । चिनियाँ राष्ट्रपतिलाई भेट्न भने उनले पाएनन् ।
पूर्वएमालेको कोटामा राष्ट्रिय सभाको सचिव पदमा मनोनीत राजेन्द्र फुयाँल मंगलबार राति अमेरिका प्रस्थान गरेका छन् । सचिवमा राजनीतिक नियुक्ति पाएका फुयाँल अमेरिकन सेक्युरिटी सम्बन्धी प्रशिक्षणमा ४५ दिन अमेरिकामा बस्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत