सांसद शान्ता चौधरी कार्यक्रममा बेहोस भएर ढलिन्
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमका क्रममा बेहोस भएर ढलेकी छिन् ।
बुधबार कार्यक्रममा सहभागी हुन टुँडिखेल पुगेकी चौधरी बेहोस भएर ढलेकी हुन् । चर्को घाम लागेकाले गर्मीका कारण सांसद चौधरी ढलेको हुन सक्ने अनुमान छ ।
सेनाको एम्बुलेन्समा आएका डाक्टरले शान्ताको जाँचा गरी औषधि दिए । त्यसपछि उनलाई कार्यक्रम स्थलमै आराम गराइएको थियो । अस्पताल भने लगिएन । सांसद चौधरीको अवस्था सुधार हुँदै गएको र अस्पताल लैजानु नपर्ने देखिएको डाक्टरले बताएका छन् ।
Published : Wednesday, 2018 September 19, 11:54 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत