निर्मला हत्याकाण्ड यी प्रहरीसँग डिआइजी आफैले लिए बयान

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले निलम्बित प्रहरी अघिकृतहरूसँग बयान लिन थालेको छ ।

डिआइजी धिरु बस्नेतको नेतृत्वमा गठन भएको छानबिन समितिले सोमबारदेखि निलम्बित प्रहरीहरूको बयान लिन थालेको स्रोतले जनाएको छ । डिआइजी बस्नेत नेतृत्वको समितिले एक एसपी र दुई डिएसपीसहितका प्रहरीको बयान लिएको छ ।

समितिले एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामीको बयान लिएको छ ।

बयानका लागि समितिले घटनामा संलग्न अन्य १६ जना प्रहरी अघिकृतलाई समेत काठमाडौं बोलाएको छ । गृहमन्त्रालयले एसपी डिल्लीराज विष्टलाई भदौ ९ गते र बाँकी पाँच जनालाई शनिबार निलम्बन गरेको थियो ।

Published : Monday, 2018 September 17, 8:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया