नेपाली सेनाको अडानपछि भारतले सन्तुलन गुमायो
काठमाडौं । भारतको प्रस्तावअनुसारको संयुक्त सैन्य अभ्यास नेपालले बहिस्कार गरिदिएपछि भारतीय सेनाले सार्वजनिक रुपमा असन्तुष्टि जनाएको छ ।
भारतको पुनेमा सम्पन्न सैन्य अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनापति विपिन रावतले नेपालमाथि कटाक्ष गर्दै नेपालले चीनसँग झुकाव राख्न खोजेको आरोप लगाए । रावतले नेपालले चीनसँग देखाएको झुकाव अस्थायी हुने टिप्पणी गरे ।
‘भौगोलिक कारणले नेपाल र भुटानजस्ता राष्ट्रहरू भारततिर ढल्किनै पर्छ’, सेनापति रावतले भने, ‘जहाँसम्म चीनसँगको निकटताको कुरा छ, यो अस्थायी हो ।’
उनले पाकिस्तान र अमेरिकाको सम्वन्धको उदाहरण दिए । भारतीय सेनापति रावतले नेपालले चीनसँग आर्थिक सहयोग लिएको विषयमा पनि टिप्पणी गरेका छन् ।
‘चीनसँग पैसा छ र उनीहरू त्यसलाई लगानी गर्न चाहन्छन्’, सेनापति रावतले भने, ‘आज उनीहरूसँग आर्थिक सहयोग लिएका राष्ट्रले भोलि महसुस गर्नेछन्, कुनै पनि कुरा सित्तैमा पाइँदैन ।’
संयुक्त अभ्यासको ठीक अगाडि मात्र नेपालको सैन्य कमाण्ड परिवर्तन गरेको भन्दै भारतले असन्तुष्टि जनाएको हो । संयुक्त सैन्य अभ्यासमा नेपालले पर्यवेक्षक पठाएको थियो ।
सैन्य अभ्यासमा बिमस्टेक राष्ट्रहरू बंगलादेश, भुटान, म्यानमार र श्रीलंकाका सेना सहभागी थिए । भारतले नेपालप्रति दिएको टिप्पणीले सुरक्षाविद्हरूले सन्तुलन गुमाएको भनेर टिप्पणी गरेका छन् ।
शुरुमा सहभागी हुने भनेर नेपालले अन्तिम समयमा संयुक्त सैन्य अभ्यासमा बहिष्कार गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत