ओलीको ‘अरिंगाल’ खोज्दै जब नेविसंघ सडकमा आयो, त्यसपछि…
काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले निर्मला पन्तका दोषीहरूलाई कारबाहीको माग गर्दै काठमाडौंमा भव्य प्रदर्शन गरेको छ ।
काठमाडौंको प्रदर्शनीमार्गमा नेविसंघले सोमबार दिउँसो १ बजे निर्मलाका दोषीलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी नेविसंघका कार्यकर्ताले दुई महिना भइसक्दा पनि निर्मला पन्तका बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
नेविसंघको विरोध प्रदर्शन विश्व भाषा क्याम्पस, प्रदर्शनीमार्गबाट शुरु भएर पुतली सडकसम्म पुगेर सम्पन्न भएको थियो । नेविसंघका नेता कार्यकर्ताले केपी ओली नेतृत्वको वर्तमान नालायक सरकारले संरक्षण गरेका कारण अपराधी खुलेआम घुम्न सफल भएको आरोप पनि लगाए ।

अपराधीलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री केपी ओलीले अरिंगालको गोलो जसरी विरोधीमाथि जाइलाग्नु भनेर आफ्नो नेता तथा कार्यकर्तालाई दिएको निर्देशनको पनि नेविसंघले विरोध गरेको थियो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘अरिंगाल खोइ ?’ भनेर प्रश्न गरिएको टोपी पनि लगाएका थिए र
नेविसंघ केन्द्रीय समितिको आयोजना भएको प्रदर्शनमा नेविसघ अध्यक्ष नैयनसिंह महर, महामन्त्री कुन्दनराज काफ्लेसहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत