३३ किलो सुन काण्डका यी साना माछाहरू पनि धमाधम छुट्न थाले
विराटनगर । उच्च अदालत विराटनगरले ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याका आरोपित निलम्बित डिएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउँदै उच्च अदालतले आइतबार डिएसपी केसीलाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहको संयुक्त इजलासले केसीलाई साधारण तारेखमा रिहा गर्न ओदश दिएको छ ।
३३ किलो सुन काण्डका अर्का अभियुक्त रामकुमार तिवारीलाई भने पाँच हजार धरौटीमा रिहा गरेको छ ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा नेपाल प्रहरीका निलम्बिति एसएसपी दिवेस लोहनीलाई उच्च अदालत विरटानगरले शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
Published : Sunday, 2018 September 16, 7:31 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत