निर्मलाका बाबुआमासँग देखाए ओलीले कठोर व्यवहार, भेट्नै मानेनन्
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तका बाबुआमा र आफन्तहरूसँग भेट्न अस्वीकार गरेको खुलासा भएको छ ।
हत्यारालाई कारबाहीको माग गर्दै बाबु यज्ञराज पन्त र दुर्गादेवी पन्तसँगै काठमाडौं आएकी महिला अधिकारकर्मी लक्ष्मी मल्लका अनुसार प्रधानमन्त्री ओलीले भेट्न नमानेको बताएकी हुन् ।
‘प्रधानमन्त्रीसँग भेटेर निर्मला पन्तका दोषीहरूलाई कारबाहीका लागि माग गर्ने भनेका थियौँ’, मल्लले भनिन्, ‘काठमाडौं आएको एक हप्ता भइसक्यो प्रधानमन्त्रीज्यूले भेट्न समय दिनु भएको छैन ।’
मल्लले दोषीहरू शक्तिशाली भएकै कारण प्रहरीले प्रमाण नष्ट गरेको बताइन् । ‘प्रहरीले शुरुदेखि नै शंकास्पद गतिविधि गरेको छ’, अधिकारकर्मी मल्लले भनिन्, ‘पछिल्लो समय आइजीपीले निर्मला पन्तका हत्यारालाई खोज्न देखाएको सक्रियताबाट आश जागेको छ ।’
निर्मलाका बाबुआमाले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतसँग भेटेर निर्मला दोषीलाई कारबाही गर्न दवाव दिएका छन् ।
दोषीलाई कारबाहीका लागि दवाव दिन शनिबार काठमाडौंसहित देशभरि स्वस्फुर्त प्रदर्शनहरू समेत भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत