नेकपाभित्र समायोजनमा कुरा मिलेन, ओली–दाहाललाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वएमाले र माओवादी केन्द्रलाई समायोजन गर्ने अधिकार केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संगठन, मोर्चा, विभाग, आयोग र प्रदेश–जिल्ला तहको एकता टुङ्ग्याउने जिम्मा अध्यक्षद्वय ओली र दाहाललाई दिएको हो ।

अध्यक्षद्वय ओली र दाहालको तर्फबाट अघि सारिएको मापदण्डका विषयमा छलफल भएको थियो ।

सचिवालयले नेतृत्वको मामिला टुङ्ग्याउन नसकेपछि यस सम्बन्धमा दुई अध्यक्षले सहमति गरेर स्थायी समितिमा पेश गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

समायोजन कसरी जाने भन्ने विषयमा अध्यक्षद्वय ओली र दाहालले प्रस्ताव तयार पारेपछि स्थायी समितिको बैठकमा पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टुङगिन नसकेको विषय ओली र दाहालको जिम्मेवारीमा परेको छ । यो विषयको टुङ्गो कम्तिमा दुई हप्ता लाग्नेछ ।

Published : Thursday, 2018 September 13, 9:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया