हाम्रोभन्दा राम्रा गाडी सहसचिवले चढ्छन्ः शंकर पोखरेल

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शंकर पोखरेल मुख्यमन्त्री र प्रदेश मन्त्रीहरूका गाडी बाटोमा बिग्रने खालका रहेको गुनासो गरेका छन् ।

निजी क्षेत्रको एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा मुख्यमन्त्री पोखरेलले आफूहरूले सुविधा नपाएको गुनासो गरे । ‘प्रदेशका मन्त्री र मुख्यमन्त्रीका गाडी बाटोमा बिग्रेको छ’, उनले भने, ‘काठमाडौंमा सहसचिवहरू जापनिज् गाडी चढेका छन् ।’

मुख्यमन्त्री र प्रदेश मन्त्रीले सुविधा लिएको भनेर प्रचार गरिएको गलत भएको पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलले गाउँपालिका र नगरपालिकाले धेरै कर नलिएको दाबी गरे । ‘कर नतिर्ने ठूलो हिस्सा प्रताडित छ’, उनले भने, ‘यसअघि केन्द्र सरकारले १० प्रतिशत र स्थानीयले दुई प्रतिशत लिन्थे । अहिले स्थानीय तह कसैले पनि १२ प्रतिशत कर लिएका छैनन् । कर नतिरेर बसेका मान्छेहरू आत्तिएका छन् ।’ करकार विषयमा आएका समाचार भ्रमपूर्ण प्रचार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले दश प्रतिशतभन्दा तल कर लिएको बताए । ‘गाई, बाख्रा, भैंसीमा लगाएको कर पहिलादेखि उठाउँदै आएको कर हो’, उनले भने, ‘त्यो साप्ताहिक हाट बजारमा भाडा वापत लिने कर हो ।’

राजधानी बनाउने विषयमा समय लाग्ने पोखरेलले बताए । उनले भने, ‘वैज्ञानिक र आधुनिक राजधानी बन्नुपर्छ । म तयसको पक्षमा छु ।’

Published : Thursday, 2018 September 13, 12:34 pm

1 प्रतिकृया प्राप्त “हाम्रोभन्दा राम्रा गाडी सहसचिवले चढ्छन्ः शंकर पोखरेल”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया