कांग्रेस निकट उपमेयरले गरिन् पूर्वएमालेका यी मेयरको भण्डाफोर
गैंडाकोट । पूर्वएमाले निकटका मेयर छत्रराज पौडेलले गैंडाकोट नगरपालिकामा एकलौटी रुपमा कब्जा जमाएपछि नेपाली कांग्रेसबाट विजयी उपमेयर विष्णु कँडेलले आन्दोलन गरेकी छिन् ।
मेयर पौडेलका गतिविधिमा शंका लागेर उपमेयर कँडेलले नगरपालिकाको हिसाब किताबको भौचर, बिल, भरपाई हेर्न माग गर्दा नदिएपछि विवाद शुरु भएको हो । पूर्वएमालेबाट विजयी मेयर पौडेलले नगरपालिकाभित्र अपारदर्शी काम गरेको कांग्रेसबाट विजयी उपमेयर कँडेलले आरोप छ ।
बिल, भरपाई र भौचर हेर्न नदिएपछि उपमेयर कँडेलले मंगलबार मेयर र प्रमुख प्रशासकीय अधिृकतको कार्यकक्षमा ताला लगाइदिएकी थिइन् । मेयर र अधिकृत मिलेर अनियमितता गरेको उपमेयरको आरोप छ ।
मेयर पौडेलले बुधबार आफ्ना कार्यकर्ता ल्याएर ताला फोड्ने धम्की दिएका थिए । उपमेयर कँडेलले पनि आफ्ना कार्यकर्ता नगरपालिकामा जम्मा गरेकी थिइन् । नगरपालिका झडप हुन सक्ने भन्दै सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कार्यकक्षभन्दा बाहिर रहेका मेयर पौडेलले बुधबार पत्रकार बोलाइ उपमेयर कँडेलले विल, भरपाई र भौचर घर लगेर जलाउन खोजेको आरोप लगाए । तर, उपमेयर कँडेलले सो आरोप सिधै खारेज गरिदिइन् । मेयरले लगाएको आरोपलाई उपमेयर कँडेलले निचको संज्ञा दिएकी छिन् ।
‘मेयरले महिला भनेर हेप्न खोज्नु भएको छ’, उपमेयर कँडेलले भनिन्, ‘मेयर र प्रमुख प्रशासकीय अधिृकतले अनियमितता गरेको शंका लागेकाले विल, भरपाई र भौचर हेर्न मागेको हुँ । नदिएपछि बाध्य भएर ताला लगाएकी हुँ ।’
मेयरको दवावमा प्रमुख प्रशासकीय अधिृकतले उपमेयर कँडेललाई विल, भरपाइ र भौचर नदिएका हुन् । उपमेयर कँडेलले शुरुमा मौखिक रुपमा बिल, भरपाई मागेकी थिइन् । नपाएपछि लिखित रुपमै माग गरेको कँडेलले जानकारी दिइन् ।
गैंडाकोट नगरपालिकाका मेयर पौडेलले नगरपालिकालाई कम्युनिस्टहरूको अखडा बनाएको आरोप सेवाग्राहीहरूको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत