जोशी पुसपछि यसरी बन्न सक्नेछन् प्रधान न्यायाधीश

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अयोग्य भएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई इजलास नतोकिने भएको छ ।

इजलास नतोकिएपछि जोशी मंगलबार हाजिर भएर फर्किएका थिएका छन् । जोशी प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्च अदालतमा मंगलबार अनौपचारिक फुलकोर्ट बसेको थियो । अधिकांश न्यायाधीशले घुमाउरो रूपमा न्यायपालिकाको साख जोगाउनका लागि विवेक पुर्‍याउन जोशीलाई सुझाव दिएका थिए ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएलगत्तै बिदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्त भएलगत्तै सर्वोच्च अदालत आउन थालेका छन् ।

जोशीलाई इजलास दिएमा राम्रो सन्देश नजाने भनेर केही न्यायाधीशले प्रधानन्यायाधीश मिश्रलाई सुझाव दिएको स्रोतले जनाएको छ ।

न्यायाधीश खिलराज रेग्मी संयोजकत्वको समितिले कार्यक्षमता अभाव भएको भनी प्रतिवेदन दिएपछि परमानन्द झालाई इजलास नदिई हाजिर गराइएको थियो । न्यायाधीश स्वर्गीय रणबहादुर बमलाई पनि इजलास नदिई हाजिर मात्रै गराइएको थियो ।

पुसको दोस्रो साता प्रधानन्यायाधीश मिश्रको पदावधि सकिएपछि जोशीले फेरि प्रधानन्यायाधीशमा सिफारिस हुन सक्ने आशा गरेका छन् ।

जोशीले २०७६ साल असोज २३ गते मात्रै उमेरहदका कारण अवकाश पाउनेछन् ।

Published : Wednesday, 2018 September 12, 12:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया