निर्मला हत्याकाण्डमा रोशनी, बबिता र दिलीप रिहा
महेन्द्रनगर । निर्मला पन्तको हत्याकाण्डको अभियोगमा पक्राउ परेका रोशनी बम, बबिता बम र दिलीप विष्ट रिहा भएका छन् ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले रोशनी, बबिता र दिलीपलाई पक्राउ गरेको थियो । उनीहरूको विरुद्ध प्रमाण फेला नपरेको भन्दै रिहाइ गरिएको हो ।
भदौ ४ गते भीमदत्त नगरपालिका वडा नम्बर १९, बागफाँटाका ४१ वर्षीय दिलीप विष्टलाई निर्मला हत्याकाण्डको अभियुक्तका रुपमा प्रहरीले सार्वजनिक गरेको थियो । दिलिप २६ दिनपछि रिहा भएका हुन् । रोशनी र बबिता बम बम १८ दिनपछि रिहा भएका छन् ।
मानसिक सन्तुलन गुमाएका दिलीप विष्ट निर्मलाको बलात्कारी र हत्यारा भएको प्रहरीले दाबी गर्दै आएको थियो । दिलीप विष्ट रिहा भएसँग प्रहरीले निर्मला पन्त हत्याकाण्ड लुकाउन खोजेको पुष्टि भएको स्थानीयले आरोप लगाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत