तरुण दलले मंगलबार देशैभरि प्रदर्शन गर्ने
काठमाडौं । नेपाली तरुण दलले रोल्पामा आफ्ना नगर सभापति रोहित पुनको हत्यारालाई कारबाहीको माग गर्दै मुलुकभरि प्रदर्शन गर्ने भएको छ ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्ति जारी गरेर मंगलबार देशैभरि प्रदर्शन गर्न लागेको जनाएका छन् । सबै जिल्ला प्रशासन अगाडि तरुण दलले धर्नाका साथै प्रदर्शन गर्नेछ ।
काठमाडौंमा भने बबरमहलस्थित जिल्ला अदालत अगाडि जम्मा भएर प्रदर्शन गरिनेछ । तरुण दलले साढे दुई बजेट उपस्थिति हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
आइतबार रोल्पामा लिवाङ नगरपालिकाका नगर सभापति रोहित पुनलाई पूर्वमाओवादीका कार्यकर्ता देवबहादुर पुनले गोली हानेर हत्या गरेका थिए ।
Published : Monday, 2018 September 10, 7:41 pm
1 प्रतिकृया प्राप्त “तरुण दलले मंगलबार देशैभरि प्रदर्शन गर्ने”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

Nice